तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखाकी ७२ वर्षीया मङ्गली भुजेलले अन्ततः नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।
लामो समयदेखि विभिन्न कारणले नागरिकता नहुँदा राज्यबाट प्रदान गरिने आधारभूत सेवासुविधाबाट वञ्चित उनलाई मङ्गलबार नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले आफू संरक्षक बसी उनलाई सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, बैशाख १९ पोखरामा “हिमाल बजार” सञ्चालन भएको छ । पोखरा–८ बगालेटोलमा…






