पोखरा महानगरपालिकाले फेवातालको ताल घरभित्र पर्ने अवैधानिक संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ ।
पोखरा १८ खपौंदीस्थित फेवा तालको तालघरभित्र पर्ने गरी निर्माण भएका र संचालनमा रहेका संरचनालाई १५ दिनभित्र हटाउन महानगरले पत्राचार गरेको छ । महानगरले बुधबार संरचना निर्माण भईरहेको लिजी वि रेष्टुरेन्ट,क्यार्लिफोर्निया गार्डेन र रातो डाँडामा रहेको कफि सपलाई हटाउन पत्राचार गरेको महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत हेम प्रसाद आचार्यले जानकारी दिए । सो संरचना १५ दिनभित्र नहटाए स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार जुनसुकै समयमा पनि हटाईने पत्रमा उल्लेख गरिएको छ ।
आफैले नहटाए हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गरिने महानगरले जनाएको छ । यस अघि पनि महानगरले क्यालिफोर्निया गार्डेन र रातो डाँडामा रहेको कफि सपको निर्माण कार्य रोक्न आग्रह गर्दै निर्माण सामाग्री नै नियन्त्रणमा लिएको थियो । लिजी वि रेष्टुरेन्ट निमार्णाधिन छ भने क्यार्लिफोर्निया गार्डेन र रातो डाँडामा रहेको कफि सप निर्माण सम्पन्न भई संचालनमा रहेका छन् ।
महानगरले सोमबार मात्रै त्यस क्षेत्रका केही अनधिकृत संरचना डोजर लगाएर हटाएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






