पोखराको मोहरिया टोलमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा एकल गीत गायन प्रतियोगिता सम्पन्न भएको छ ।
दुई तहमा सञ्चालन गरिएको प्रतियोगितामा करिब ३५ जना विद्यार्थीले भाग लिएका थिए । कार्यक्रममा आधारभूत जुनियर तर्फ कक्षा ४ की दिप्सना वि.क प्रथम, कक्षा २ का एडन गुरुङ द्वितीय, कक्षा १ का श्रेयान सुनार तृतीय र कक्षा २ का सुगम पौडेलले सान्त्वना स्थान प्राप्त गरे । यसैगरी आधारभूत सिनियरतर्फ कक्षा ७ का श्रीस सुनार प्रथम, सोही कक्षाका सिद्धार्थ वि.क द्वितीय, कक्षा ५ का युनिका खनाल तृतीय र कक्षा ५ कै सविन वि.कले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सिपल कृष्णकुमार श्रेष्ठले नियमित अध्ययनसँगसँगै गीत लेखन र गायनका क्षेत्रमा पनि लाग्न विद्यार्थीलाई सुझाव दिए । सहभागि विद्यार्थीको मुल्यांकन म्युजिक शिक्षक दूतप्रसाद थापामगर र शिक्षक राजु बयलकोटीले गरेको कार्यक्रमको संचालन कक्षा ७ की छात्रा सविता सुनारले गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय रोजी श्रेष्ठ अब व्यवसायिक यात्रामा…






