पोखरा महानगरपालिका २६, सक्नेरीमा रहेको रामज्योति माध्यमिक विद्यालयको ४६ औं वार्षिकोत्सव अभिभावक दिवस एंवम पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन शिक्षा महाशाखा पोखराका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै उनले शैक्षिक गुणस्तरमा विद्यालयले गरेको प्रगतिको प्रशंसा गरेका थिए । नेपाल सरकार सामाजिक विकास तथा खेलकुद मन्त्रालयका उपसचिव प्रकाश देवकोटा, पोखरा महानगरपालिका २६का वडाध्यक्ष नरेन्द्र थापा ,लक्ष्मी आदर्श बहुमुखी क्याम्पस प्रमुख तारा देवी शर्मा, पूर्व स्रोत व्यक्ति हेम राज आचार्य ,पूर्व वडा अध्यक्ष नारायण प्रसाद बराल,पूर्व विव्यस अध्यक्ष, रंगनाथ तिमिल्सिना, रमेश रानाभाट,शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष गिरिराज गौतम, पूर्व प्रधानाध्यापक सूर्यनाथ वराल,वडा शिक्षा समिति सदस्य रमेश भट्टराई, लेखनाथ खानेपानीका अध्यक्ष मुरारी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली,विद्यार्र्थी स्वेच्छा परियार ,अभिषेक विक लगायतले बोलेका थिए ।
कार्यक्रम सञ्चालन शिक्षक गणेश प्रसाद अधिकारी, चित्र बहादुर खड्का र सम्झना आचार्यले गरेका थिए। विद्यालयका प्रअ गुमनाथ लामिछानेद्वारा आर्थिक वर्ष ०८१÷८२ को आर्थिक प्रतिवेदन र भावी योजना प्रस्तुत गरिएको थियो । विद्यार्थीहरुका विविध साँस्कसतिक प्रस्तुतिहरु रहेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






