ज्ञानमार्ग टोल विकास संस्थाले हरेक महिना टोलमा सरसफाई गर्ने


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८२ मा प्रकाशित




पोखरा, फागुन १६

पोखरा–४ गैह्रापाटनमा रहेको ज्ञानमार्ग टोल विकास संस्थाले हरेक महिना टोलमा सरसफाई गर्ने भएको छ । संस्थाले शनिबार टोल सरसफाई गर्दै हरेक महिना टोलमा सरसफाई गर्ने अभियान शुरु गरेको हो ।

संस्थाका अध्यक्ष मीनु कोईरालाको नेतृत्वमा गरिएको सरसफाईमा टोलका महिला तथा पुरुषहरुको बाक्लो सहभागिता रहेको थियो । टोलको माथिल्लो क्षेत्रबाट शुरु भएको सरसफाई नवीन स्कुल क्षेत्रमा पुगेर टुंगिएको थियो ।

संस्थाका अध्यक्ष मीनु कोईरालाले मासिक सरसफाई अभियान शनिबारबाट शुरु भएको बताईन् । यो शुरुवात हो,उनले भनिन्,‘अबदेखि हरेक महिना मासिक क्यालेण्डर नै बनाएर सरसफाई गर्छौं ।’ उनले सरसफाईसँगै सचेतना अभियान पनि सञ्चालन गरिएको बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।