पोखरा । लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटि र नेपाल हृदयरोग निवारण प्रतिष्ठान कास्की को संयुक्त आयोजनामा आज (आइतबार) महेन्द्रपूल मा सम्पन्न बृहद् खुल्ला रक्तदान कार्यक्रममा १२८ युनिट रगत संकलन भएको छ।
आगामी फाल्गुन २१ गते हुने निर्वाचनका बेला आकस्मिक घटना, उपचार तथा शल्यक्रियाका कारण रगतको माग बढ्ने सम्भावनालाई मध्यनजर गर्दै सम्भावित अभाव रोक्न विशेष पहलस्वरूप कार्यक्रम आयोजना गरिएको आयोजकका गिता लामिछानेले जनाएका छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गत प्रादेशिक रक्तसञ्चार सेवा पोखरा को तालिकामा हाल नियमित रक्तदान कार्यक्रम नरहेकाले निर्वाचन लक्षित आपूर्ति सुनिश्चित गर्न कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक नेत्र ढकालले बताए ।
प्रादेशिक रक्तसञ्चार केन्द्रको अनुरोधमा आयोजित कार्यक्रममा रक्तदाता, प्राविधिक टोली, लायन नेतृत्व तथा सहयोगी संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







