आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रुपमा नभई घरघरभित्रै होली मनाइएको छ ।
विगतका वर्षमा पोखराको पर्यटकीयस्थल लेकसाइडलगायत मुख्य सहरी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको आयोजनामा सामूहिक रुपमा होली मनाउने गरिएको थियो ।यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १५ गते औपचारिक सूचना जारी गर्दै निर्वाचनलाई लक्षित गरी यस वर्ष होली पर्वलाई सार्वजनिक खुला रुपमा औपचारिक कार्यक्रम नगरी आआफ्नै घर परिसर भित्रै मनाउन आग्रह गरेको थियो । प्रशासनको सूचनालाई पालना गरिएका कारण जिल्लामा आज होलीका कुनै पनि औपचारिक कार्यक्रम भएनन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न कास्की प्रशासनले आजदेखि अर्को निर्णय नभएसम्मका लागि बेलुका राति ९ः०० बजेसम्म मात्रै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउने गरी सूचना जारी गरेको छ । आजै राति १२ः०० बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले दल तथा उम्मेदवारहरूले आज आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान विभागले सम्भावित विपद्बाट हुनसक्ने…






