पोखरा महानगरको फोहोर नियमित रुपमा उठ्न थालेको छ ।
सोमबार राति देखि महानगरले नियमित रुपमा फोहोर उठाउन थालेको हो । मंगलबार विहान फोहोर संकलन कार्यमा केही अवरोध भए पनि १ सय ५२ गाडी फोहोर उठेको पोखरा महानगरपालिकाले जनाएको छ । फोहोर संकलनमा अबरोध भएपनि अवरोधकर्तालाई नियन्त्रणमा लिएरै फोहोर व्यवस्थापनको काम आगाडी बढाइएको महानगरले जनाएको छ । अहिले स्थानीयसंगको समन्वयमा फोहोर व्यवस्थापनको कार्यलाई निरन्तरता दिइएको र यो अस्थायी समाधान भएको महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।उनले भने, ‘बिहान फेरि केही अबरोधको प्रयास भएको छ । त्यसलाई समेत पन्छाएर फोहोर व्यवस्थापनमा जुटेका छौं । यो अस्थायी समाधान हो । स्थायी समाधानका लागि पनि काम भइरहेको छ । निर्वाचन लगत्तै निकास निस्कनेमा आशावादी छौं ।’
प्रमुख आचार्यले सहमतिमै भएका काममा समेत अबरोध गर्ने कार्यलाई अब बन्द गर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेका छन् । विहानै सामाजिक सञ्जाल फेसबुक मार्फत अपिल सार्वजनिक गर्दै आफ्ना कार्यकर्तालाई जिम्मेवारीपूर्वक नियन्त्रणमा राख्न समेत दलहरुलाई आह्वान गरेका छन् । अन्यथा प्रचलित कानून अनुसार कारबाही हुने उनले प्रष्ट्याएका छन् ।उनले फेसबुकमा लेखेका छन् – ‘पोखरा महानगरपालिकाले लामो प्रयास र सहमतिपछि हिजो बेलुकादेखि फोहर उठाउने तथा बिसर्जन गर्ने कार्य सुरु गरेको हो। महानगरले रातभरिमा १५२ गाडी फोहर बिसर्जन गरिसकेको छ। तर आज बिहानै फेरि केही साथीहरूले अवरोध गर्नुभएको छ। आदरणीय राजनीतिक दलका नेताहरूज्यूहरू, कृपया आफ्ना कार्यकर्ताहरूलाई जिम्मेवारीपूर्वक नियन्त्रणमा राख्न अनुरोध गर्दछौं। अन्यथा प्रचलित ऐन–कानुनअनुसार कारबाही गरिनेछ। हरेक कुराको एउटा सीमा हुन्छ। अब अति भयो।’

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






