लेखनाथ, २१ फाल्गुण ।
प्रतिनिधिसभा सदस्य चयनृ २०८२ का लागि जारी निर्वाचनमा पोखरामा ज्येष्ठ नागरिकदेखि किरियामा बसेका नागरिकसम्मले उत्साहपूर्वक मतदान गरेका छन् । अत्यन्तै वृद्ध उमेरमा पनि मतदान गर्न पुगेका ज्येष्ठ नागरिक र शोकको अवस्थामा रहेका किरियापुत्रीले समेत मतदान गरि लोकतान्त्रिक अभ्यासमा सहभागी भएका हुन् ।
पोखरा महानगरपालिका–३२ बडहरेस्थित चन्द्रज्योति आधारभूत विद्यालयको मतदान केन्द्रमा १०४ वर्षीय काशीनाथ पण्डित र उनकी धर्मपत्नी मन्धरा पण्डितले मतदान गरे । काशीनाथ पण्डितलाई केही महिना अघि पोखरा महानगरपालिकाले नगरपिता (ज्येष्ठ सदस्य) का रूपमा सम्मान समेत गरेको थियो । उनको जन्म विक्रम संवत् १९७८ साल बैशाख १ गते भएको बताइन्छ ।

यसैबीच, पोखरा महानगरपालिका–३२ स्थित ब्रह्मरूप माध्यमिक विद्यालयको मतदान केन्द्रमा किरियापुत्रीले पनि मतदान गरेका छन् । सो वडाको राजाको चौतारा निवासी ९३ वर्षीय स्वर्गीय गृष्मलाल पौडेलका छोरा केशवराज पौडेल र टिकराम पौडेलले किरिया बसेकै अवस्थामा मतदान गरेका हुन्। बाबुको निधनपछि धार्मिक परम्पराअनुसार किरिया बसेका उनीहरूले पनि लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदान केन्द्र पुगेर मत दिएका हुन् ।
त्यसैगरी सोही स्थान निवासी ५८ वर्षीया स्वर्गीय वसुन्धरा तिमल्सेनाका श्रीमान् रामप्रसाद तिमल्सेनाले पनि किरियामा रहेकै अवस्थामा मतदानमा भाग लिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







