लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ।
लायन वर्ष २०२५र२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न निर्वाचनबाट लायन सुरेश कुमार श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरिएको हो।समितिको प्रथम उपाध्यक्षमा लायन कृष्णमान श्रेष्ठ , द्वितीय उपाध्यक्षमा लायन गोविन्द दाहाल र तृतीय उपाध्यक्षमा लायन मदन पौडेल चयन भएका छन्। त्यस्तै सचिवमा लायन सूर्यराज पौडेल कोषाध्यक्षमा लायन बलराम पौडेल सहसचिवमा लियो लायन विष्णुप्रसाद दाहाल र सह–कोषाध्यक्षमा लियो लायन विकास त्रिपाठी चयन भएका छन्।
यसै गरी एडमिनिस्ट्रेटिभ चिफमा लायन प्रकाश पौडेल स्वास्थ्य निर्देशकमा लायन सुविन श्रेष्ठ एल।सी।आई।एफ। संयोजकमा लायन हरिश्चन्द्र पौडेल, चेयरपर्सन गभरनर लायन राजेन्द्र बहादुर सापकोटा तथा न्यु क्लब एक्सटेन्सनमा लायन मोती तिम्सिना चयन भएका छन्। त्यसैगरी मेम्बर सिप ग्रोथमा लायन नवराज त्रिपाठी, सर्भिस ग्रथमा लायन सुजित श्रेष्ठ, फेलोसिपमाविनोद कुमार श्रेष्ठ तथा मार्केटिङ एण्ड कम्युनिकेशनमा लायन धर्मराज भण्डारी चयन भएका छन्। यसै गरी निर्देशकमा लायन सन्तमान श्रेष्ठ , मिडिया कोर्डिनेटरमा लियो लायन निराजन अधिकरी तथा सदस्यहरूमा लियो लायन मनोज त्रिपाठी, लियो लायन कपिल दाहाल , इ रामजी प्रसाद त्रिपाठी, लियो लायन नवीन त्रिपाठी, लियो लायन दिवस बराल चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले क्लवमार्फत हेमजा क्षेत्रमा सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा सामुदायिक विकासका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। लायन वर्ष २०२५–२६ का अध्यक्ष लायन दुर्गाप्रसाद पौडेलले क्लवको नयाँ नेतृत्वमा निर्वाचित सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै हामीले सुरु गरेका सामाजिक सेवा र समुदाय केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै अगाडि बढाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






