अर्थमन्त्री खनालले गरे रातो पासपोर्ट फिर्ता


     एभरेस्ट आवाज    
     फागुन २६ गते २०८२ मा प्रकाशित




अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रातो पासपोर्ट (कूटनीतिक राहदानी) फिर्ता गरेका छन् ।

खनालले आफूलाई अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको रातो पासपोर्ट सरकारलाई फिर्ता गरेका हुन् । खनालले मंगलबार अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई पत्र लेखेर आफ्नो राहदानी बुझाएका हुन् । पत्रमा खनालले रातो पासपोर्टको प्रयोजन समाप्त भएको उल्लेख सो पासपोर्ट परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिदिन प्रशासन महाशाखामा बुझाएका छन् ।

“अब प्रस्थानको तयारीमा छु । सार्वजनिक पद धारकका रूपमा कब्जामा रहेको एकमात्र सरकारी सम्पत्ति त्यागेको छु,” उनले भनेका छन् ।पदबाट हटेपछि सरकारी सुविधाहरू विधिवत् रूपमा फिर्ता गर्ने प्रक्रिया अन्तर्गत खनालले यो कदम चालेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।