वैवाहिकबर्षगांठको अवसरमापोखरा वृद्धाश्रममाभोजन


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०८२ मा प्रकाशित




२८ फागुन

बैवाहिक जीवनको पच्चिस बर्ष पुरा भएको अवसरलाई मानव सेवामा रुपान्तरण गर्दै यहाँका एक जना सञ्चारकर्मीले पोखरा वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकको लागि भोजनको व्यवस्था गरेका छन् । नेपाल टेलिभिजन पोखरा समाचारदाता गिरिधारी पोखरेलले आप्mनो वैवाहिक बर्षगाँठ वृद्धाश्रमका बुवा आमासंग मनाएका हुन् ।
सामान्यतया यस्ता खुशीका क्षण तारे होटल वाऔपचारिक कार्यक्रममार्पmत मनाइने प्रचलन बढि रहेको वर्तमान अवस्थामा शर्माले त्यस्तो फजुल खर्च कटाएर समाजकाअसहाय र विपन्न जेष्ठ नागरिकसंग खुशी साट्ने निर्णय गरेको बताए । श्रीमती लक्ष्मी, छोरा सुमित र छोरी समृद्धि पोखरेल तथा दाजु ऋषिराम पोखरेलले आश्रममा आश्रित जेष्ठ नागरिकलाई खानाको व्यवस्था गरेका थिए ।
समाजका विपन्न्न एवम् असहाय जेष्ठ नागरिकको पालनपोषण गर्ने मुख्य लक्ष्यका साथ २०५२ सालमा स्थापनाभएको आश्रममाहाल सेवक सेवीका सहित४५ जना रहेको पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले जानकारी दिए ।
प्रत्येक महिनाचार लाख ५० हजारभन्दा बढी खर्च हुने गरेको बताउँदै उहाँले भन्नुभयो पछिल्लो समय वैवाहिकएवम् जन्मोत्सव जस्ताखुशीका क्षण तथा पित्रीको सम्झनामा दाताहरुले सहयोग गर्दै आएका छन् ।
उनका अनुसार व्यक्तिगत खुशीलाई समाजसेवासंग जोड्दै गरिएको यस्तो कार्यले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै खानाको लागि १५ हजार रुपैया आश्रमले लिने गरिएको छ । हालआश्रममा ४५ जनाविपन्नतथाअसहाय जेष्ठनागरिक आश्रित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।