आर्वाको गनगने खानेपानीको उपभोक्ता भेला सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ३० गते २०८२ मा प्रकाशित




पोखरा १३ आर्वामा रहेको वास्थला, गनगने र पँधेराखोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २१ औं साधारण सभा तथा उपभोक्ता भेला शनिवार सम्पन्न भएको छ ।

सभाको उद्घाटन गर्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष नरबहादुर बरालले खानेपानी जस्तो संवेदनशील विषयमा प्रत्येक उपभोक्ताहरू सचेत , जागरुक र चेतनशील भएर पिउने पानीको संरक्षणमा लाग्न आग्रह गरे । ठूलो जोखिम मोलेर आर्वालीलाई पिउने पानी सहज रुपमा उपलब्ध गराएको प्रसङ्ग कोट्याउँदै उनले झण्डै १७ वर्ष उपभोक्ता समितिको नेतृत्व गर्दा पाएको दुख , हण्डर र झेलेका कैयौं समस्याहरुको सकुशल समाधान गरेको अनुभव प्रमुख अतिथि बरालले सुनाएका थिए । उपभोक्ता मार्फत आफ्नै लगानीमा झण्डै आठ किलोमिटर टाढा जंगलबाट ल्याएर उपभोक्तालाई पिउने पानी सहज बनाईएको सो समितिमा झण्डै तीन सय उपभोक्ता आवद्ध छन् । उपभोक्ता समिति मार्फत प्रत्येक घरमा मिटर धारा जडान गरि पीउने पानी उपलब्ध गराईएको छ । हाल सम्म सो खानेपानी समितिलाई सरकारी तवरबाट खासै ठूलो सहयोग नभएको बताईन्छ ।

समितिका अध्यक्ष बद्रीप्रसाद देबकोटाको अध्यक्षतामा भएको २१ उपभोक्ता भेलामा कार्यक्रमका बिशेष अतिथि सल्लाहकार बसन्त शर्मा अधिकारी, पत्रकार श्रीराम सिग्देल, आर्वाली लिफ्टीङ्ग खानेपानीका अध्यक्ष देबराज पौडेल, अमरज्योती आधारभुत विद्यालयका प्र।अ बिमलबहादुर बराल, रतन पाण्डे मा।वि व्यवस्थापन समिति अध्यक्ष बिष्णुप्रसाद बराल, सालघारी सहेले बन उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद बराल, भीरपानी सिस्नेपानी संरक्षण समितिका अध्यक्ष बुद्धीप्रसाद बराल, मोहरपानी आदर्श टोलका सल्लाहकार ऋषीराम सिग्देल आर्वाली आमा समुहकी अध्यक्ष लक्ष्मी बराल, शिक्षिका सुमित्रा बराल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष बद्रीप्रसाद देबकोटाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष मधु बरालले पेश गरेको आर्थिक प्रतिवेदन सुझाब सहित पारित गरिएको थियो । समितिका उपाध्यक्ष राजनकुमार सिग्देलले स्वागत तथा सचिव नमुना बरालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।