मनकामना माइक्रोबस दुर्घटनाका घाइतेको उपचार जारी, अवस्था जोखिममुक्त


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०८२ मा प्रकाशित




गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिबार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै त्यहाँ लगिएको थियो । अस्पतालका चिकित्सक डा सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन् ।

मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा सडकबाट करिब २०० मिटर तल खसेको खसेको थियो । सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।