असिनाका कारण पोखराका विभिन्न भू–भागमा तरकारी तथा फलफूल खेतीमा क्षति पुगेको छ ।
असिनाका कारण पोखरा महानगरपालिका–१३, १४, १९, २६, ३० लगायतका वडामा तरकारी तथा फलफूल खेतीमा क्षति पु¥याएको महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । सुन्तला, आँप, लिची जस्ता फूल फुल्न लागेका अवस्थामा आएको असिनाले क्षति बनाएको हो । असिनाले लसुन, प्याज, तरबुजा आदि खेतीमा पनि असर परेको उनले बताए ।
बर्सेनि क्षति पुग्ने गरेकाले असिना छेक्ने जाली उपलब्ध गराउनुपर्ने किसानको माग छ । पछिल्ला वर्षमा असिना छेक्ने जालीको प्रयोगलाई बढाउँदै लगिएको शाखा प्रमुख कडरियाले बताए । महानगरपालिकाले हालसम्म करिब ५०० थान जाली ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइसकेको उनको भनाइ छ । कृषि बिमातर्फको आकर्षण पनि बिस्तारै बढ्दै गएको उल्लेख गर्दै उहाँले तरबुजा खेती गर्ने किसानले कृषि बिमा गरेको पाइएको उनले बताए ।
असिना, हावाहुरीलगायत प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि किसान समस्यामा पर्ने गरेका अगुवा किसान रमेश अचार्यले बताए । पोखरामा शनिबार र आइतबार असिना पानी परेको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २३…






