राष्ट्रपति रामचन्द्र पौडेल, पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका छन् ।
गुण्डु पुगेका राष्ट्रपति पौडेलले ओलीलाई समवेदना प्रकट गरेका छन् । उनले ओलीका पिता मोहनप्रसाद ओलीको तस्विरमा माल्र्यापण गर्दै, शोकाकूल परिवारका अन्य सदस्यहरुमा समवेदना व्यक्त गरे । यसैबिच उपराष्ट्रपति रामसहायप्रसाद यादवले पितृशोकमा रहेका एमालेका अध्यक्ष ओलीप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






