पोखरा । नेपाली महिला फुटबल टिमकी कप्तान साबित्रा भण्डारी (साम्बा)को घुँडाको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
न्युजिल्यान्डको Auckland मा बुधबार बिहान डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक गरेका हुन्। खाडी क्षेत्रमा देखिएको असामान्य अवस्थाका कारण कतारस्थित Aspetar पुग्न समस्या भएपछि त्यहाँकै सल्लाह अनुसार न्युजिल्यान्डमै उपचार गरिएको जनाइएको छ।
अब साम्बाले यहीँका चिकित्सकको निगरानीमा पुनर्स्थापनाको प्रक्रिया सुरु गर्नेछिन् र अवस्था सामान्य भएपछि पुनः Aspetar मा रिह्याब जारी राख्ने योजना छ।
यस क्रममा Wellington र अकल्यान्डमा रहेका नेपाली समुदायले दिएको साथप्रति उनले आभार व्यक्त गरेकी छन्। साथै उनको क्लब Wellington Phoenix र व्यवस्थापन टिमले शल्यक्रियाको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
समर्थकहरूको माया र साथलाई उर्जा बनाउँदै साम्बाले अब आफ्नो सम्पूर्ण ध्यान पुनरागमनमा केन्द्रित गर्ने बताएकी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






