पोखरा पत्रकारिता सम्मान:बरिष्ठ पत्रकार राजबहादुर र सहारा क्लबलाई


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८२ मा प्रकाशित




नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।

चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो । शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएकोमा सम्मान छनौट समितिको सिफारिसमा वर्ष २०८१ बाट बरिष्ठ पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट सहारा क्लबलाई सम्मान गर्ने भएको हो । विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गुरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् ।

सम्मान राशि नगद रु ५० हजार ५ सय ५५ , दोषल्ला र सम्मानपत्र रहेको छ । सम्मान छनौट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली तथा महासंघ अध्यक्ष माधव बराल र सचिव भुपाल गुरुङ पदेन सदस्य रहेका छन् । यस्तै स्व जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी अकिञ्चन र २०८२ बाट एकराज गिरीलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सहित पत्रकार रुद्र श्रीस मगर र भिम थापा तथा महासंघ अध्यक्ष माधव बराल र सचिव भुपाल गुरुङ पदेन सदस्य रहेको पुरस्कार छनौट समितिको सिफारिसमा उक्त पुरस्कार अधिकारी र गिरीलाई दिने निर्णय गरिएको हो ।

पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया र सम्मान पत्र रहेको छ । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी हाल गोरखा पत्र दैनिक र गिरी सफल न्यूजमा आवद्ध छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।