होटेल सङ्घ नेपाल पोखराको आयोजना पूर्वी नेपालका प्रमुख सहरहरूलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ कार्यक्रम शुक्रबार सकिएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यका साथ विगत २५ वर्षदेखि बर्सेनि देशका प्रमुख सहरहरूमा ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गरिरहेको सङ्घले यस पटक पूर्वी नेपालका वीरगञ्ज, हेटौँडा, विराटनगर र इलाममा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । अभियानका क्रममा पूर्वी नेपालका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, छलफल, अन्तर्क्रिया गर्नुका साथै प्रचार सामग्री वितरण गरिनुका साथै आन्तरिक पर्यटनका विभिन्न आकर्षक प्याकेजसमेत सार्वजनिक गरिएको थियो ।
उक्त अवसरमा सङ्घकै आयोजनामा हरेक नेपाली नयाँ वर्षका अवसरमा गरिँदै आएको फेवा नववर्ष महोत्सवको २१ औँ संस्करण यस वर्ष चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवातालको किनारा ‘लेकसाइड’ क्षेत्रमा सञ्चालन हुने जानकारी गराउँदै पूर्वी नेपालका स्थानीयलाई पोखरा आउनका लागि निम्तोसमेत दिइएको सङ्घका सचिव पार्वता पाण्डेले बताईन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा चैत ९ गतेदेखि शुरु अभियान अन्र्तगत विभिन्न सहरमा गरिएका कार्यक्रममा त्यहाँका पर्यटन व्यवसायीले पूर्वका सहरबाट पोखरासँगको कनेक्टिभिटी सहज बनाउनुपर्ने, पर्यटकीय साझेदारी बढाउनुपर्नेलगायतका विषयमा सुझाव दिएका थिए । कार्यक्रमले पूर्वी नेपाल र पोखराको पर्यटकीय साझेदारी र विकासमा महत्त्वपूर्ण सहयोग पुर्याएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ कार्यक्रम फलदायी बनेको कार्यक्रमका सहभागी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






