प्रधानमन्त्री वालेन्द्र शाहद्वारा सांसदहरूसँग छलफल


     एभरेस्ट आवाज    
     चैत्र १६ गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घीय सांसदहरूसँग चरणबद्ध छलफल आरम्भ गरेका छन् ।

उनले आज सिंहदरबारमा कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री शाहसँग सम्बन्धित क्षेत्रका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले जानकारी दिए । “प्रधानमन्त्रीज्यूले क्षेत्रगत विषयमा समस्या, क्षेत्रगतरूपमा ‘ब्रिफिङ’ लिनुभयो । तत्काल गर्नुपर्ने कामको बारेमा जानकारी लिनुभयो”, उनले भने ।

प्रत्येक सांसदले क्षेत्रगतरूपमा आ–आफ्नो समस्या राखेको सांसद चौधरीले जानकारी दिए । सांसद चौधरीले आफूले ट्रेड युनियनहरूले उठाइरहेको लेबी शुल्क रोक्नका लागि श्रम ऐनको २०७४ दफा ३८ ज संशोधन गर्नुपर्नेबारेमा ध्यानाकर्षण गराएको बताए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।