नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले उपाध्यक्ष बादललाई दलको नेता चयन गरेको निर्वाचन समितिका संयोजक निरज आचार्यले बताए। दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेको भएपनि अन्तिममा फिर्ता भए।सुहाङले उम्मेदवारी दर्ताका लागि मनोनयनपत्र लिए पनि समर्थक र प्रस्तावक बस्ने सांसद नै नपाएपछि थापा निर्विरोध निर्वाचित भएका हुन् ।बैठकमा सहमति हुन नसकेपछि निर्वाचन गर्ने तयारी गरिएको थियो ।
यसअघि नेता बादललाई उम्मेद्वारी फिर्ता लिएर सर्वसम्मतीमा जान युवा नेताहरुले सुझाव दिएका थिए ।अनेरास्ववीयूका पूर्व अध्यक्ष समिक बडाल र नेता नरेश रोकयाले सामाजिक सञ्जाल मार्फत सुहाङलाई दलको नेता बनाउन आग्रह गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा…






