बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवका अनुसार बर्ड फ्लू एच ५एन १ को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो ।
सत्तरी हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला र दुई हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ । कुखुरासँगै ५७ हाँस, दुई लाख २७ हजार अण्डा र २८ हजार किलो दाना नष्ट गरिएको उनले बताए । सङ्क्रमण थप फैलिन नदिन निर्देशनालयले फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै पंक्षीजन्य वस्तुको आयात निर्यातमा रोक लगाएको वरिष्ठ पशु विकास अधिकृत डा यादवले बताए । विभागले सङ्क्रमित क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाउँदै अन्य जिल्लामा निगरानी बढाएको छ ।
एच ५ एन १ भाइरस पंछीबाट मानिसमा सर्न सक्ने जोखिम रहेकाले यसप्रति सजग रहन निर्देशनालयले आग्रह गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरामा भोलि शनिबार आयोजना हुन लागेको ‘गन्धर्व गुञ्जन’ कार्यक्रम स्थगित भएको छ…






