देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरू भएको छ । शैक्षिक क्यालेन्डरअनुसार चैत पहिलो साता हुनुपर्ने परीक्षा २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण केही दिन ढिला गरी बिहिबारबाट शुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार यसवर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी छन् । ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित देशभर एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई सञ्चालन भएको छ । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी छन् । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । यस वर्षको एसईई परीक्षामा कास्कीमा ३६ परीक्षा केन्द्रबाट ९ हजार ७ सय ८९ विद्यार्थी सहभागि भएका छन् ।
शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका सुचना अधिकारी टंकराज बरालका अनुसार नियमित तर्फ ९ हजार ६ सय २५ र प्राविधिक धार तर्फ १ सय ६४ जना विद्यार्थी परीक्षामा सहभागि भएका हुन् । परीक्षाका लागि पोखरा महानगरमा ३२, अन्नपुर्ण गाउँपालिकामा २, रुपा र माछापुच्छ्रेमा एक एक केन्द्र कायम गरिएको प्रमुख लोकनाथ आचार्यले जानकारी दिए । यसपालिको परीक्षामा कास्कीका १ सय २५ सामुदायिक र १ सय ६८ संस्थागत गरी २ सय ९३ विद्यालयका विद्यार्थी सहभागि भएका छन् । आज पहिलो दिन परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । परीक्षा आउँदो २९ गते सकिनेछ । परी क्षा सकिए लगत्तै उत्तर पुस्तिकाको परी क्षण पनि शुरु भएको छ ।
उत्तरपुस्तिका परीक्षण सकेर एक महिानाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा…






