प्रधानमन्त्री शाह र गण्डकी प्रदेशका प्रत्यक्ष निर्वाचित सांसद बिच छलफल


     एभरेस्ट आवाज    
     चैत्र २० गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका निर्वाचित प्रतिनिधि सभाका सदस्यसँग छलफल गरेका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले गण्डकीका सांसदसँग छलफल गरेका हुन्। गण्डकी प्रदेशका समस्या र विकास निर्माणका विषयमा छलफल भएको जनाएको छ। गण्डकीमा प्रत्यक्ष निर्वाचित १८ जना सांसद मध्ये १५ जना रास्वपाकै छन् । बाँकी ३ जनामा कांग्रेसका २ र म्याग्दीबाट स्वतन्त्र सांसद महाविर पुन छन् । बैठकमा अधिकांस सांसद सहभागि भएको बताईएको छ ।

यसअघि प्रधानमन्त्री शाहले सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशका सांसदसँग छलफल गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।