पोखरा महानगरपालिकाले फेवाताल छेउछाउका अतिक्रमित क्षेत्रमा डोजर चलाएको छ ।
त्यस क्षेत्रमा जमिन अतिक्रमण गरी बनाइएका टहरामा पोखरा महानगरले शनिबार बिहान डोजर चलाएपछि स्थानीयवासीले विरोध जनाएका छन्। शनिबार बिहानै महानगरपालिकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा भत्काउन सुरु गरेपछि प्रभावित स्थानीयले सडक अवरुद्ध गर्दै विरोध प्रदर्शन गरेका हुन्।विरोधका कारण केहीबेर सडक आवागमनसमेत प्रभावित भएको थियो ।महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले ३२ वटा टहराहरू डोजर लगाएर भत्काइएको जानकारी दिए ।
फेवाताल संरक्षण तथा अतिक्रमण नियन्त्रणका लागि महानगरले अभियान चलाएको बताउँदै आएको छ भने स्थानीयले भने वैकल्पिक व्यवस्था बिना संरचना भत्काइएको भन्दै असन्तुष्टि जनाएका छन्। नवगठित संघीय सरकारले नै फेवातालमा भएको अतिक्रमण हटाउने कार्य तीन महिनाभित्र सुरु गर्ने निर्णय गरेको थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल परिवार नियोजन संघ कास्कीले यांैन तथा प्रजनन् स्वास्थ्य र परिवार नियोजनका…






