स्वतन्त्र पत्रकार संघ नेपालमा पुनः बास्तोला


     एभरेस्ट आवाज    
     चैत्र २१ गते २०८२ मा प्रकाशित




स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला चयन भएका छन् ।

संघको गैंडाकोटमा सम्पन्न १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले पोखराका अग्रज पत्रकार बास्तोलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । संघको उपाध्यक्षमा तिर्सनालक्ष्मी गुरुङ, महासचिवमा सुरेश श्रेष्ठ, सचिवमा कल्याण पन्त तथा कोषाध्यक्षमा नमस्कार शाह चयन भए । त्यसैगरी, सदस्यमा युक्तप्रसाद सुवेदी बागलुङ, कृष्णबहादुर रायमाझी कास्की, योगेश खपाङ्गी झापा, प्रेमध्वज लामा ,सुरेशप्रसाद सैंजु भक्तपुर र सागर कार्की कास्की निर्वाचित भएका छन् ।

यसअघि साधारणसभाको उद्घाटन सत्रमा पोखराका अग्रज पत्रकार उदयबहादुर अमात्यलाई २५ हजार रुपैयाँ राशिको ‘सामाजिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको थियो । उनले स्वतन्त्र पत्रकारिताले निष्पक्षता कायम गर्ने उल्लेख गरे ।नवनिर्वाचित अध्यक्ष बास्तोलाले स्वतन्त्र पत्रकार संघ निस्क्रिय पत्रकारहरूको संस्था नभई सक्रिय र प्रतिबद्ध पत्रकारको साझा संगठन भएको उल्लेख गरे ।उनले संघलाई थप सक्रिय र बिस्तार गरिने बताए । कार्यक्रममा बिभिन्न जिल्लाका नवनिर्वाचित अध्यक्षलाई पनि सम्मान गरिएको संघका कास्की अध्यक्ष डिल्लीराम काफ्लेले जानकारी दिए ।

कास्कीबाट सुरु भएको संघ अहिले देशका विभिन्न २९ जिल्लामा विस्तार भइसकेको छ ।संघको साधारणसभा तथा अधिवेशनमा ११ जिल्लाका ६० जना प्रतिनिधि सहभागी थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।