एभरेस्टकर्मिद्वयलाई पितृशोक


     एभरेस्ट आवाज    
     चैत्र २२ गते २०८२ मा प्रकाशित




एभरेस्ट मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट आवाज डट कमका सम्पादक दीपेन्द्र श्रेष्ठ र एभरेस्ट एफ एमका समाचार संयोजक सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ ।

श्रेष्ठद्वयका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ । स्वर्गीय श्रेष्ठको शवयात्रा सहित आजै स्थानीय बुढीखोलामा अन्त्येष्टि गरिने बताईएको छ ।

उनका श्रीमती नेत्रकुमारी, छोराहरु दीपेन्द्र, प्रदीप, सन्देश र छोरीहरु नर्वदा,शर्मिला र बन्दना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।