एभरेस्ट मिडिया हाउसका प्रमुख कार्यकारी अधिकृत, एभरेस्ट आवाज डट कमका सम्पादक दीपेन्द्र श्रेष्ठ र एभरेस्ट एफ एमका समाचार संयोजक सन्देश श्रेष्ठलाई पितृ शोक परेको छ । श्रेष्ठद्वयका पिता ईटहरी ५,सुनसरी निवासी भीमबहादुर श्रेष्ठको ८० बर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । विगत लामो समयदेखि नशा सम्बन्धि रोगबाट पिडित उनको बिहान आफनै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ईटहरीको सामाजिक तथा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका श्रेष्ठको निधनले त्यस क्षेत्रको विकासमा अपुरणीय क्षती पुगेको छ ।
स्वर्गीय श्रेष्ठको शवयात्रा सहित आजै धार्मिक परम्परा अनुसार स्थानीय बुढीखोलामा अन्त्येष्टि गरिएको छ । श्रेष्ठको पार्थिव शरिरमा छोराहरु दीपेन्द्र, प्रदीप, सन्देशले दागबत्ती दिएका थिए । शवयात्रा अघि निवासमा उनीप्रति बिभिन्न क्षेत्रका व्यक्तिले पुष्प गुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली व्यक्त गरे । उनका श्रीमती नेत्रकुमारी, छोराहरु दीपेन्द्र, प्रदीप, सन्देश र छोरीहरु नर्वदा,शर्मिला र बन्दना छन् । पुख्र्यौली थलो झापा भए पनि श्रेष्ठ परिवार इटहरी बस्दै आएको थियो ।माइला छोरा प्रदीप सपरिवार आमाबुवासँग इटहरीमा बस्दै आएका छन् ।
श्रेष्ठको निधनप्रति एभरेष्ट मिडिया हाउसले दुख व्यक्त गरेको छ । मिडियाकी अध्यक्ष कर्मकुमारी गुरुङले शोक व्यक्त गर्दै दिवंगत श्रेष्ठप्रति भावपुर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेकी छन् । त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीले पनि शोकसन्तप्त श्रेष्ठ परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,१७ वैशाख । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रतिवेदन…






