राष्ट्रिय सभाका चार समिति सभापति निर्विरोध चयन


     एभरेस्ट आवाज    
     चैत्र २४ गते २०८२ मा प्रकाशित




राष्ट्रिय सभाका रिक्त चार समिति सभापति निर्विरोध चयन भएका छन् ।

आज सम्बन्धित समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा भएका ती समितिका बैठकमा दलबीच सहमतिका आधारमा एक÷एक उम्मेदवारको प्रस्तावका आधारमा निर्विरोध निर्वाचित गरिएको हो । निर्विरोध निर्वाचित हुनेहरूमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकायालाई चयन गरिएको राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।

चौधरीको प्रस्तावकमा मदनकुमारी शाह ९गरिमा०, समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला, राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा, समर्थकमा दुर्गाकुमारी गुरुङ रहेकी थिईन् । यस्तै, पौडेलको प्रस्तावमा नारायणदत्त भट्ट, समर्थकमा जगत तिमिल्सना तथा रोकायाको प्रस्तावकमा आनन्दप्रसाद ढुङ्गाना र समर्थकमा गीता देवकोटा थिईन् ।

सभापतिका लागि प्रस्तावकले सहमतिको राजनीति, विधिको शासन र लोकतान्त्रिक अभ्यासका लागि सहमतिका आधारमा उम्मेदवारी दिइएको बताईएको छ । गत फागुन २० गतेदेखि ती समितिका सभापतिको पद रिक्त रहेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।