लामो समयदेखि जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ ।
दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ । काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकामा पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो । कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ । सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा गाउँपालिकाको लागतमा कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाका सबैभन्दा बढी लागतमा कालोपत्र भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए।
२०७७ जेठमा दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण कम्पनीसँग रु छ करोड ७१ लाखमा चार किमी सडक कालोपत्र र ढलान गर्ने सम्झौता गरिएको सडक समयमै काम नहुँदा छ पटक म्याद थपिएको थियो । निर्माण व्यवसायीले अहिले सडक धमाधम कालोपत्र गरिरहेको बताउँदै गाउँपालिका अध्यक्ष राजु थापाले पालिकाले अपनत्व लिँदा सडक कालोपत्र भएको बताए । सङ्घीय सरकारले साझेदारी गरेर ठेक्कामा गए पनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड लगानी गरेर सडक सम्पन्न गर्न थालेको बताए ।
बर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकले रेशका जनतालाई आजित बनाएको थियो । सडक कालोपत्र भएपछि १५ मिनेटमै गाउँपालिकाको केन्द्रबाट रेश पुग्न सकिने भएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह…






