प्रतिनिधी सभाको उपसभामुख श्रम संस्कृतिले पाउने पक्का भएको छ ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गरेर नै श्रम संस्कृतिकी सांसद रुवीकुमारी ठाकुरलाई सर्मथन दिएसँगै सदनमा सात सिट रहेको श्रम संस्कृतिले उपसभामुख पाउने निश्चित प्रायः भएको हो । रास्वपाका महामन्त्रीसमेत रहेका सांसद कविन्द्र बुर्लाकोटीले श्रम संस्कृतिलाई समर्थन दिने निर्णय उदीयमान नयाँ पार्टीबीचको सहकार्यका रूपमा अर्थ्याएका छन् ।ठाकुरले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । उनको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राई र समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन् ।
त्यस्तै उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले पनि मनोनयन दर्ता गरेकी छन् । लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक र सांसदहरू खुश्बु ओली, ताहिर अलि र भरत गिरीलाई समर्थक राखेर उम्मेदवारी दर्ता गराएकी हुन् । उपसभामुखको निर्वाचन भने शुक्रबार हुने कार्यतालिका छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१२ असार, पोखरा पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासा फाउण्डेशन र एमसिसीको…






