शिशिर उजाड
पोखरा
पोखरामा शनिबार र आइतबार दैनिक ४ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ।
उही चैत २८ र २९ गते विहान १० बजे देखि दिउँसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए। पोखरामा वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी कुँडहर सबस्टेसनमा बसबार मर्मत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा लाइन काटेर सो कार्य गरिने केन्द्रका प्रमुख यादवले बताए।
उनका अनुसार उक्त मर्मत कार्य गर्न २ दिन लाग्ने छ।शनिबार र आइतबार कुँडहर सबस्टेसनबाट सञ्चालित ११ के भी फिडरहरु सटडाउन गरी मर्मत गरिने उनको भनाइ छ। बसबार कार्य सकिएपछि बिजुलीको नियमित आपूर्ति हुने पनि यादवले बताए। यसबाट उपभोक्तामा पर्न जाने असुविधा प्रति प्राधिकरणले क्षमा याचना गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


युनाइटेड क्लब पोखराले पोखरा रंगशाला परिसरमा ११ थान कुर्सी जडान गरी जिल्ला…







