पोखरा–४ गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले कक्षा १२ का विद्यार्थीलाई विहीबार एक कार्यक्रम गरि बिदाई गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले लिने अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई बिदाई गरेको हो । कक्षा ११ सकेर १२ को अन्तिम परीक्षाको पर्खाइमा रहेका उनीहरुलाई मायाको चिनो सहित बिदाई गरिएको थियो । विद्यालयका प्राचार्य सरोज कोइरालाले दुईवर्षसम्म पश्चिमाञ्चलले दिलाएको शिक्षाको ज्ञानलाई भरपुर प्रयोग गर्न विद्यार्थीलाई शुभकामना दिए । विद्यार्थी भविश्यमा जहाँ गएपनि सम्बन्ध भने पश्चिमाञ्चलसँग सधैंका लागि रहिरहने उनले बताए । विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले आगामि दिनमा अझै मेहनत गरेर अध्ययन गरेर सफलता हात पार्न विद्यार्थीलाई शुभकामना दिए ।
उनले भने, ‘पश्चिमाञ्चलले दुईवर्ष पढायो । अब त्यसको परिणाम निकाल्ने जिम्मा विद्यार्थीको हो । किनकी अबको परीक्षाले विद्यार्थीको भविश्य कस्तो हुने भन्ने निर्धारण गर्नेछ ।’ पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले आगामि दिनमा अझै मेहनतका साथ अध्ययन गरेमा मात्र सफलता हात पर्ने भएकोले विद्यार्थीले पढाईमा जोड दिनुपर्ने बताए । ओझाले भने, ‘विद्यार्थीले भविश्य कस्तो बनाउने भन्ने उनीहरुकै मेहनतमा भर पर्छ । त्यसैले अबका दिन अझै मेहनत गर्नुपर्छ ।
उक्त कार्यक्रममा कक्षा ११ का विद्यार्थीले १२ कक्षाका विद्यार्थीका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पस्केका थिए । पश्चिमाञ्चल माविमा मानविकी, कानुन, विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन विषयमा कक्षा ११ र १२ मा अध्यापन हुन्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह…






