पर्यटकीय राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ ।
जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ शनिबार साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ । बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क फल्चामा पुगेर समापन हुने छ ।प्रतियोगितामा खुला, महिला, विदेशी तथा यू–१६ गरी चार विधा रहेकाछन् ।
खुलातर्फका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य विधाका विजेतालाई जनही ७ हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताले पोखरामा खेलकुद पर्यटन प्रवद्र्धनसँगै पोखराको रात्रिकालीन सडक पनि पर्यटन प्रबद्र्धनका लागि सुरक्षित छ भन्ने सन्देश दिने विश्वास गरिएको छ । साथै सहभागि हुने धावकहरुलाई हेडल्याम्प सहित सहभागि हुन आयोजकले आग्रह गरेको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्य तथा पोखरा ९ वडा कार्यालयको समन्वयमा तथा विभिन्न संघ–संस्थाको सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो ।प्रतियोगितामा पोखरा महानगरपालिका र पोखरा भ्रमण वर्ष २०२५÷०२६ प्रवद्र्धकका रुपमा रहेका छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






