मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०८२ मा प्रकाशित




गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटर फाइनलका खेल सकिएका छन् ।

मालेपाटन खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । तेस्रो खेलमा एट टु नाइनलाई पोखरा १५ ले २–० गोलले पराजित गर्दै पोखरा १४ क्वाटरफाइनलमा प्रवेश गर्यो । यस्तै चौथों खेलमा पोखरा लायन्सले टिचर्स एफसीविरुद्ध ५–२ गोल अन्तरले सहज जीत निकाल्यो ।

यसैगरी आज भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा हेमजा एफसीविरुद्ध कस्केरी भेट्रान्सले २–१ गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।अब शनिबार क्वाटरफाइनलका ४ खेल हुने र्यामोस गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने, उपविजेता टिमलाई नगद रु ३५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

उनका अनुसार विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीलाइ नगद रु ३ हजार, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद रु २ हजार प्रदान गरिने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।