माउन्ट अन्नपूर्ण माविमा कक्षा १२ का विद्यार्थीको विदाई


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०८२ मा प्रकाशित




पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका बिद्यार्थीलाई शुक्रवार बिदाई गरिएको छ ।

कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थी र बिद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उदघाट्न गरेका थिए । उक्त अवसरमा बोल्दै प्रधानाङ्गले बिद्यार्थी बिदाई भएर गए पनि उनीहरु बिद्यालयको हिस्सा भएको बताए । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय भएकोले यसैको जगमा उभिएर स्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नु पर्ने सुझाव दिए।विद्यालयका इसिए निर्देशक तेज बहादुर गुरुङले बिद्यार्थीले गरेको सामाजिक काम र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई ठुलो योगदान पुगेको बताए ।

शिक्षक ऋषी खतिवडाले आगामि दिनमा अझै मेहनतका साथ अध्ययन गरेमा मात्र सफलता हात पर्ने भएकोले विद्यार्थीले पढाईमा जोड दिनुपर्ने बताए । कक्षा १२ का विद्यार्थीे छात्रा शान्ती गुरुङले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताइन् । बिदाई कार्यक्रममा बिद्यालयका अध्यक्ष प्रधानाङ्ग, प्राचार्य श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, पुर्व अध्यक्ष चिजकाजि गुरुङ, प्रोमोटर तथा प्रशासक चित्र गुरुङ र गिरि प्रसाद गुरुङ,सोसल सरर्भिस क्लवका उपाध्यक्ष राजन तामाङ,शैक्षिक संयोजक गोबिन्द सुवेदी बिद्यार्थीहरु प्रति पाइजा र सोनि गिरी लगायतले विद्यार्थीलाई विदाई गरेका थिए ।

उक्त अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन पनि प्रदान गरेका थिए भने, शैक्षिक सत्रमा बिभिन्न बिधामा उत्कृष्ट हुनेहरुलाई अवार्डले सम्मान गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।