२१ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ ।
चैत २९ गतेबाट सुरु हुने महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने छ । खहरेदेखि सहिदचोकविचको सडकमा आयोजना हुने महोत्सवमा भाग लिन पर्यटकहरु पोखरा आउने क्रम सुरु भएको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । खहरे चोकबाट विभिन्न सांस्कृतिक झाँकी र र्यालीसहित बिहान ११ बजे महोत्सव सुरु हुने र अम्बोटमा पुगी उद्घाटन समारोहमा परिणत हुने अध्यक्ष सुवेदीले बताए । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय महोत्सवको प्रबद्र्धन रहेको छ ।
उक्त कार्यालयका प्रमुख मणिराज लामिछानेले विक्रम सम्वत्बारे युवा पुस्तालाई जानकारी दिंदै यसबारे थप चासो र सचेतना जगाउन बोर्डले महोत्सवमा संघसँग सहकार्य गरेको बताए । अहिले विद्यालय र क्याम्पसहरु पनि विदा रहेको र यो बेला घुम्न कहाँ जाने भन्दा पोखरा जाने भन्ने दिमागमा परोस् भन्ने हेतुले पनि महोत्सवलाई बोर्डको साथ रहेको उनले सुनाए । महोत्सवमा हरेक बर्ष केही न केही नयाँ गतिविध थप गरी यसलाई भव्य बनाउने गरी विगतदेखि नै बोर्डले संघसँग नजिक रहेर काम गरेको प्रमुख लामिछानेले स्मरण गराए । पर्यटन, संस्कृति र खानालाई जोड दिएर सडकमा नै हुन लागेको महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था रहने छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने घोषणा गरिसकेका छन् । इ–सेवाबाट होटल बुक गर्दा १० प्रतिशत सम्म क्यासब्याक हुने अफर पनि इ–सेवाले अगाडि सारेको छ ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शनी, पंचैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मानवसेवा आश्रम कास्की शाखाले हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म “श्रीमद्भागवत सप्ताह…






