गण्डकी, ११ बैशाख परम्परागत रुपमा वैवाहिक बर्षगाँठ तारे होटल वा भड्किलो कार्यक्रम गरेर मनाउने चलनमा पछिल्लो समय केही परिवर्तन देखिएको छ । व्यक्तिगत खुशीलाई समाजिक उत्तरदायित्वसंग जोड्दै पोखराका पत्रकार घनश्याम पाण्यडेले आफ्नो वैवाहिक जीवनको २५ औ बर्षगाँठ पोखरा वृद्धाश्रमका जोष्ठनागरिकसंग मनाएका हुन् ।
समाजका विपन्न, असहाय तथा अपहेलित अवस्थामा रहेका ५० जना जेष्ठ नागरिकका लागि बिहानको खानाको व्यवस्था गरेका हुन् । जीवनको उत्तरार्द्धमा र अपनत्वको खोजीमा रहेका जेष्ठ नागरिकहरुसंग समय विताउँदै उनीहरुको सेवा गर्नुले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको वृद्धाश्रमका अध्यक्ष कुशुम केशव पराजुलीले बताए ।
पत्रकार पाण्डेको यो पहलले व्यक्तिगत खुशीलाई समाजसंग बाँड्ने संस्कारको विकासको संकेत भएको बताउँदै उनले भने, पछिल्लो समय बढ्दो खर्चिलो प्रवृत्तिवाट टाढा रहँदै यस्ता सामाजिक कार्यतर्फ आकर्षण बढ्नु सकारात्मक परिवर्तनको सुचक हो ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले यस्ता उदाहरणीय कार्यले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवद्र्धन गर्न समहत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
वृद्धाश्रम आश्रित जेष्ठनागरिकलाई कृयाशिल बनाउन तरकारी खेतीतर्फ आकर्षण बढाउनु पर्ने बताउँदै उनले त्यस्का लागि कृषि महाशाखाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जानकी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सञ्चारकर्मी हरिप्रसाद बास्तोलाले सवैको सानो सहयोगले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ले विश्वास व्यक्त गर्दै पछिल्लो समय दुःख सुखका अवसरमा सामाजिक सेवामा समर्पित हुने क्रम बढेको बताए ।
पत्रकार पाण्डेले पारिवारीक सल्लाह अनुसारनै पोखरा वृद्धाश्रममा आफ्नो वैवाहिक जीवनको वर्षगाँठ मनाउन पाउँदै अन्यतै खुशी लागेको बताउँदै आवश्यक पर्दा आश्रमलाई भोलिका दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्ता उदाहरणीय कार्यहरूले समाजमा सहयोग, सहानुभूति र मानवियताको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको…






