पोखरामा ठुलो मात्रामा नगद र ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् ।
लागू औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले ब्राउन सुगर र ९ लाख रुपैया नगद सहित एक महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका घर भई हाल पोखरा ११ फूलबारी बस्ने २७ वर्षीया मन्दिरा मगर रहेकी छन् ।
कोठा खान तलासीका क्रममा उनको साथबाट ब्राउन सुगर १०२ दशमलव ३७ ग्राम, एक थान मोवाईल र ९ लाख रुपैयाँ नगद बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी इन्सपेक्टर गणेश पाण्डेले जानकारी दिए । सो अवसरमा ब्राउन सुगर जोख्न प्रयोग हुने एउटा डिजिटल तराजु र मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको…






