भारतको विश्व विख्यात सोनालिका ट्याक्टरको आधिकारिक बिक्रि कक्ष पोखराको पस्र्याङमा शुरु भएको छ ।
गण्डकी प्रदेश कार्यालयका रुपमा न्यु पोखरा मल्टि ट्रेडर्स प्रालिले पोखरा ५ पस्र्याङबाट सेवा शुभारम्भ गरेको हो । खेतको राजा, सडकको बादशाह सहित सार्वजनिक भएको सोनालिकाको बिभिन्न मोडलका ट्याक्टर बिक्रिका लागि राखिएको प्रालिका संचालक राजकुमार पौडेलले जानकारी दिए । डिजेलबाट चल्ने सो ट्याक्टर खेत जोत्नका साथै बिभिन्न सामाग्रीको डेलिभरी गर्न राम्रो भारवहन क्षमता र सन्तुलित भएको सेल्स म्यानेजर नवराज पौडेलले बताए । शुभारम्भ कै दिन केही ट्याक्टर बिक्रि र बुकिङ समेत भएका छन् । शुक्रबार ट्याक्टर खरिद गर्ने पहिलो ग्राहकलाई कम्पनीले चावी हस्तान्तरण गरेको छ ।
पोखरा, महेन्द्र गुफाका बलराम सुनारलाई प्रा लिका संचालक राजकुमार पौडेल, दीपक पौडेल,भानु मेसिनरीका सुदीपराज कोईराला,व्यवसायी अशोक केसी, रामचन्द्र पौडेल,लक्षिन खत्री र सेल्स म्यानेजर नरेश पौडेलले चावी हस्तान्तरण गरे । पोखरामा ४० को दशकमा भानु मेसिनरीले पहिलो पटक ट्याक्टर भित्र्याएर बिक्रि गरेको थियो । दुई दशक देखि यही व्यवसायमा संलग्न राजकुमार पौडेल र दीपक पौडेलले सो बिक्रि कक्ष संचालनमा ल्याएका हुन् । कास्की भेडाबारीका नवराज अधिकारीले सोनालिका ट्याक्टरले व्यवसायी तथा कृषकको मन जितेको बताए ।कक्षमा सोनालिका ब्रान्डमा १५ एच पि देखि १२५ एच पिसम्मका टु ह्विल र फोर ह्विल ड्राइभका ट्याक्टरहरु उपलब्ध रहेको अर्का संचालक दीपक पौडेलले जानकारी दिए । नेपालमा सबै भन्दा बढी बिक्री हुँदै आइरहेको सोनालिका ट्याक्टरलाई गण्डकी प्रदेशमा समेत सर्वोत्कृष्ट बनाउने लक्ष्य राखिएको प्रालिले जनाएको छ ।
इन्टरनेसनल ट्याक्टर्स लिमिटेडले उत्पादन गर्ने सोनालिका ट्याक्टर नेपाली बजारमा निकै नै लोकप्रिय मानिन्छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको…






