सहारा एकेडेमीमा शनिबार मैत्रीपूर्ण फुटबल हुने


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८३ मा प्रकाशित




पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकको आयोजना तथा सहारा क्लब पोखराको सहकार्यमा पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ ।

पोखरा–१७ दोबिल्लास्थित सहारा फुटवल एकेडेमीको खेल मैदानमा शनिबार बिहान ९ः३० बजे हुने खेलमा पोखरा क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्व, उद्योगी व्यवसायी, पर्यटन तथा खेलकुदकर्मी, जनप्रतिनिधि, सहारा क्लव एवं आयोजकको सहभागिता रहने सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । २६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त एकेडेमीले बालबालिकाको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउँदै क्लबका उपाध्यक्ष एवं एकेडेमी संयोजक विनु राना मगरले यस कार्यक्रमले खेल पर्यटनलाई प्रवद्धर्न गर्ने बताइन् । एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालक रहेको उनले जनाइन् ।

सो अवसरमा पहिलो “पोखरा नाइट स्ट्रिट रेस २०८२÷०८३ को समीक्षा तथा शुभकामना आदानप्रदान कार्यक्रम पनि आयोजना गरिने भएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहारा क्लबसँगको सहकार्यमा एकेडेमी परिसरमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको पोखरा प्रवद्र्धन केन्द्रका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।