सन्देश श्रेष्ठ
पोखरा, बैशाख १४
राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबीच आज भेटवार्ता भएको छ । उपाध्यक्ष भण्डारी र प्रदेश प्रमुख भट्टबीच सोमबार पोखरामा भेटवार्ता भएको हो ।
प्रदेश प्रमुखको कार्यालय पोखरामा भएको भेटवार्तामा राष्ट्रिय सभाका उपाध्यक्ष भण्डारीले संघीयताको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशको कामकारवाहीबारे चासो राखेकी थिईन् । मुलुकमा प्राप्त उपलब्धी संस्थागत गर्ने आधार प्रदेश भएको र यसको सफलता नै संघीयता र लोकतान्त्रिक गणतन्त्रको सफलताको मापन भएको बताईन् । उपाध्यक्ष भण्डारीलाई उदृत गर्दै प्रदेश प्रमुखको सचिवालयले पठाएको प्रेस नोटमा भनिएको छ,‘ मुलुकमा प्राप्त उपलब्धीलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश हो । प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो ।’
उपाध्यक्ष भण्डारीले व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपने बताईन् । संविधानको पूर्ण कार्यान्वयन हुनका लागि संघीय, प्रादेशिक कर, स्थानीय तहका कानुनको तर्जुमा र त्यसको कार्यान्वयनबाट सम्भव हुने उनको भनाई थियो । उनले भनिन्,‘प्रदेश प्रमुख प्रदेशको प्रमुख मात्र नभई संघको प्रतिनिधि हुनुको साथै संघ र प्रदेशबीचको समन्वयकर्ता पनि हो ।’
सो अवसरमा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएकोमा उपाध्यक्ष भण्डारीलाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । उनले संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिदै प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरू जानकारी गराएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको चरम दोहन र…






