बीमा भुक्तानीलाई सरलीकृत बनाउन कास्की समन्वयका प्रमुख पौडेलको सुझाव


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०८३ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आम नागरिकका बिच बीमा सम्वन्धि सचेतना पुर्याउनुपर्नेमा जोड दिएका छन् ।

स्थानीय तहका जनप्रतिनिधिसंग बीमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गर्दै उनले बीमा सचेतनाका लागि सबै सेवा प्रदायक संस्थाहरू कटिबद्धताका साथ लाग्नु पर्ने बताए । बीमा दाबी ,भुक्तानीमा जटिलता देखिएको आम सर्बसाधारणहरूको गुनासो रहेको उल्लेख गर्दै प्रमुख पौडेलले सो प्रक्रिया सरलिकृत बनाउनेतर्फ ध्यान दिन सरकारी निकाय र बीमाको नियामक निकाय बीमा प्राधिकरणले विशेष ध्यान दिनुपर्ने र सेवा प्रबाह थप प्रभाबकारी र ब्यबस्थित बनाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल बीमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख शम्भुप्रसाद मिश्रले नेपालमा कृषि बीमाको व्यबस्था , सो सम्बन्धि विद्यमान ऐन कानुनहरू ,अनुदान सम्बन्धि व्यबस्था ,बीमा शुल्क दाबी तथा भुक्तानी सम्बन्धि ब्यबस्थाका बारेमा प्रकाश पारेका थिए ।त्यसैगरी कास्कीका सहायक प्रमुख जिल्ला चित्राङ्गत बरालले नागरिकता, राहादानी लगायत पन्जिकरणका समस्या र समाधान बिषयमा सहजीकरण गरे । रूपा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राजन सुबेदी ,माछापुच्छ्रे गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत केशब सुबेदी लगायतले प्रस्तुत कार्यपत्र माथि टिप्पणी गरेका थिए ।

प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन जिल्ला समन्वय अधिकारी नवराज बराल र स्वागत नेपाल बिमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका सहायक निर्देशक कबिता पाण्डेले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।