सन्देश श्रेष्ठ
पोखरा
पोखरा स्पोर्टस अवार्ड–२०८२ बैशाख मसान्तमा हुने भएको छ ।
खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष आयोजना गर्दै आएको पोखरा स्पोर्टस अवार्डको दशौं श्रृंखला बैशाख ३१ गते हुने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । अवार्ड सेरेमोनी पोखरा–६ लेकसाईडस्थित पोखरा ईभेन्ट सेन्टरमा हुने आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष मानबहादुर घर्ती मगर (एमबी आस्था)ले जानकारी दिए । हिमश्री फुड्स प्रालिको मुख्य उत्पादन रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ९ विधामा अवार्ड प्रदान गरिने अयोजकले जनाएको छ । जस अनुसार यस वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ÷क्लवलाई अवार्ड प्रदान गरिनेछ । त्यस्तै, पिपुल्स च्वाईस अवार्ड, लाईफटाईम अवार्ड, उत्कृष्ट खेल पत्रकारलाई पनि अवार्ड प्रदान गरिने अध्यक्ष मगरले जानकारी दिए । त्यसबाहेक स्पेसल अवार्डसमेत प्रदान गरिने उनले बताए । यस वर्ष पिपुल्स च्वाईस अवार्ड थप गरिएको उनको भनाई छ ।
मञ्चले चाँडै मनोनित खेलाडीको नाम सार्वजनिक गर्ने जनाएको छ । हरेक विधामा ३÷३ जना खेलाडी मनोनित गरेर नाम सार्वजनिक गर्ने तयारी गरिएको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।मञ्चले ९ विधामध्ये सर्वोत्कृष्ट पुरुष, महिला र पिपुल्स च्वाईस अवार्ड बिजेतालाई स्कुटर प्रदान गरिने जनाएको छ । त्यसबाहेक अन्य विधाकालाई नगद ३५÷३५ हजार प्रदान गर्ने मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए । अवार्डको सहप्रायोजकमा गुरुङ गहना घर र केल्मी रहेका छन् भने भोटिङ पार्टनरका रुपमा खल्ती डिजिटल वालेट तथा हस्पिटालिटी पार्टनरका रुपमा प्लाजा होटल ग्रुप रहेको उपाध्यक्ष राजाराजम पौडेलले जानकारी दिए ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकासँगको सहकार्य तथा राष्ट्रिय खेलकुद परिषद (राखेप), गण्डकी खेलकुद परिषद (गखेप), पोखरा महानगर खेलकुद परिषदको सहयोगमा हुने अवार्डको तयारी तिव्र पारिएको उनले बताए । ‘अवार्डलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न तयारी व्यापक बनाइएको छ’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिशिर उजाडपोखरा पोखरा जेसीजले बैशाखको तेस्रोे साता जेसीज सप्ताहन्त २०२६ को आयोजना…






