पोखरा ,
नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रबार देखिए ।
होटल स्रोतका अनुसार उनीहरू होटल परिसरमा रहेको ‘छु मी’ रेस्टुरेंटमा भोजन गर्न आएका थिए । उनिहरुको आगमनले एक विशिष्ट र गरिमामय वातावरण सिर्जना भएको होटल स्रोतले जनाएको छ । “शुक्रबार अपराह्न हाम्रो लागि विशेष बन्यो, जहाँ हामीले पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाह तथा शाही परिवारलाई आत्मीय भोजन अनुभव प्रदान गर्ने अवसर पायौं,” होटलले भन्यो ।
भोजनपछि पूर्व राजा शाहले रेस्टुरेन्टको आतिथ्यता, सेवा तथा वातावरणप्रति सन्तुष्टि व्यक्त गरेको स्रोतले जनाएको छ। उनले पोखराको आतिथ्य संस्कृतिलाई प्रशंसा गर्दै यस्तो स्तरका सेवाले पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग पुग्ने संकेत गरेका बताइएको छ।
पूर्व राजपरिवारले शान्त र निजी वातावरणमा चिनियाँ परिकारको स्वाद लिँदै पारिवारिक समय बिताएका थिए। अंशुवरा ग्रुपको लगानी रहेको ३१ पार्क होटल परिसरमा अवस्थित ‘छु मी चाइनीज रेस्टुरेन्ट’ पोखरामा गुणस्तरीय चिनियाँ खानाका लागि परिचित रहँदै आएको छ।
पोखरामा उच्चस्तरीय अतिथि आगमनले समग्र पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ। विशेषगरी ३१ पार्क होटलजस्ता आतिथ्य सेवा प्रदायक संस्थाहरूले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पाहुनालाई गुणस्तरीय सेवा प्रदान गर्दै पोखरालाई आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता उच्चस्तरीय भ्रमण र सकारात्मक प्रतिक्रियाहरूले पोखराको छवि अझ सुदृढ बनाउन मद्दत पुर्याउनेछ। निजी तथा अनौपचारिक भए पनि पूर्व राजपरिवारको उपस्थिति र उनीहरूले दिएको सन्देशले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि…






