कास्कीको रुपा गाउँपालिकामा ‘समुदाय विपद् स्वयंसेवक’ तालिम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण हेडक्वाटर कालिका कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको सहकार्यमा १८ दिनसम्म संचालन भएको तालिममा करिब ३५ जनाको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रमाणपत्र वितरण गर्दै गाउँपालिकाका अध्यक्ष नवराज ओझाले तालिम प्राप्त स्वयंसेवकहरूले गाउँपालिकामा आइपर्ने प्राकृतिक एवं अन्य विपद्का समयमा अग्रपङ्क्तिमा खटिएर ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी बलका गणपति सशस्त्र प्रहरी उपरीक्षक वसन्त बहादुर सिंहले विपद्को अवस्थामा सबैभन्दा पहिला घटनास्थलमा पुग्ने समुदाय नै हुने भएकाले स्पष्ट पार्दै, आवश्यक ज्ञान र सीपको अभावमा क्षति बढ्न सक्ने तर्फ सचेत गराए ।
उनले यस्ता किसिमका तालिम र तयारीले धेरै हदसम्म जनधनको क्षति न्यूनीकरण गर्न सक्षम हुने तथा सानो सीप र सीमित साधनले पनि ठूलो उपलब्धि हासिल गर्न सकिने बताए । उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई विपद्को परिचय र विशेषता , नेपालमा विपद व्यवस्थापन प्रणाली, मेडिकल फस्ट रेस्पोन्डर, बाढी, पहिरो तथा डुबान ,अग्नि नियन्त्रण तथा वन डढेलो, रोप रेस्क्युबाट गरिने उद्धारलगायतका विषयमा प्रशिक्षण दिईएको हेड क्वाटरले जनाएको छ ।
त्यस्तै सहभागिलाई भूकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरणको परिचय सुरक्षा सावधानीद्वारा सामग्री प्रयोग सम्बन्धी जानकारी विभिन्न किसिमका गाँठाहरूको परिचय, काम विभिन्न किसिमको बेस बनाउने तरिका, वाटर रेस्कु टेक्निक जस्ता विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने…






