गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका बिभिन्न ठाउँ र वस्तीहरु बिभिन्न समयमा बाढी, पहिरो, अतिवृष्टी, अनावृष्टी लगायतका समस्याले प्रताडित हुनुपरेको बताएका छन् ।
मंगलबार देखि पोखरामा शुरु भएको अन्नपुर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वादको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले दैवि विपत्तीबाट पिडित भएकाहरुलार्ई उचित सहयोग र सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे । बिभिन्न उत्कृष्ट प्राकृतिक स्रोत साधनले बिश्वबजारमा परिचित ठाउँमा जलवायु परिवर्तनले छिट्टै प्रभावित गर्ने भन्दै यसका लागि सबैको हातेमालो, सहकार्य , चासो र सक्रियता आवश्यक रहेको उनको भनाई थियो ।
हिमाालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर प्रति छलफल गर्न सेभ आवर हिमालय फस्र्ट नेपालको पहलमा सम्मेलन आयोजना गरिएको हो ।कार्यक्रममा स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरबाट सम्बन्धित विषयका बिभिन्न अनुसन्धानपत्र प्रस्तुतीकरण, टिप्पणी तथा सुझाव संकलन भइरहेको छ ।उक्त जलवायु सम्मेलनमा जलवायु परिवर्तनले मौसम , पर्यावरण र जीवनयापन लगायतका बिभिन्न पक्षहरुमा पारेको प्रभाव सम्बन्धि तीन दर्जन अनुसन्धान पत्र र कार्यपत्र ह्ररु प्रस्तुत गरिएको थियो । युनिभर्सीटी अफ कलगेरी क्यानडाका प्रोफेसर डा माइरिल बलार्डले जलवायृ परिवर्तनमा आदिवासीको भविष्य , डा बसन्तराज अधिकारीले हिमालय रिजनमा विपद जोखिम, खगेन्द्रराज पौडेलले नेपालको हिमालयको केस स्टडी, गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका पुर्णेश्वर सुवेदीले जलवायु परिवर्तन पहिले र अहिलेको अवस्था, जनप्रिय बहुमुखी क्याम्पसका सह प्राध्यापक दिपेन्द्रराज पहारीले माछापुच्छ्र्र्रेका नभनिएका कथा लगायतका विषयमा अनुसन्धान तथा कार्यपत्र प्रस्तुत गरेका छन् ।
त्यस्तै जलवायु परिवर्तनले स्वास्थय, समुदाय, वन जंगल, पानीका स्रोत, वन्यजन्तु लगायतमा परेको प्रभावका सम्बन्धमा युनिभर्सीटी अफ कलगेरि क्यानडाका प्रोफेसर डा रंजन दत्ता, जेबुनीसा च्यापोला, नेपाल वाटर कन्जरभेसन फाउण्डेसनका नमिन्द्र दाहाल, र एक्यापका डा राजन पौडेलले अनुसन्धानपत्रहरु प्रस्तुत गरे । त्यसैगरी गण्डकी प्रदेश सरकारका रणनिति , पर्यटन क्षेत्रमा प्रभाव, कृषिमा प्रभाव, इकोलोजी प्रभाव लगायतका विषयमा डा रिपु कुवँर, श्रीकान्त खतिवडा, अनुपम उप्रेती, र प्रेम दवाडीले कार्यपत्र प्रस्तुत गरेका थिए । गण्डक्री प्रदेश क्षेत्र पर्यावरणीय र वातवरणीय हिसावले अत्यन्तै संवेदनशिल, महत्वपुर्ण र विश्व परिचित भएकोले यहाँ जलवायुरिवर्तन प्रमुख मुद्दा बन्नु पर्ने मान्यतामा यो कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा सेभ आवर हिमालय फस्र्ट नेपालका अध्यक्ष डि.बि नेपालीले जानकारी दिए ।
संस्थाका अध्यक्ष नेपालीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डा महेश्वर ढकाल, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव , जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, वन विज्ञान अध्ययन संस्थान पोखराका प्रमुख डा नारायण प्रसाद गौतम, माछापुच्छे गाउँपालिका प्रमुख मिन बहादुर गुरुङ, नागरिक समाज कास्कीका राम प्रसाद सुवेदी लगायतले बोलेका थिए । बुधबार माछापुच्छ्रेको खारापानी अवलोकन सहित घोषणापत्र जारी गर्दै समापन गरिने आयोजकले जनाएको छ । कार्यक्रमको सहजीकरण डा राजन पौडेल, डा कृष्णचन्द्र देबकोटा, डा रविन कडरिया, सेभ आवर हिमालयका बुद्धि बहादुर मिजार, पेमा शेर्पा लगायतले गरेका थिए ।
सेभ आवर हिमालय फस्र्ट नेपाल सहित गण्डक्री प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका , माछापुच्छ्र्र्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने…






