रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारी यूकेको साथ


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित




नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारीले साथ दिएको छ ।

यूकेमा रहेको क्यास एण्ड क्यारीका सञ्चालक चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङले १० औंं पोखरा स्पोर्टस अवार्डका लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका चन्द्रबहादुर गुरुङले नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।यूकेमा रहेर पनि समाजसेवामा सक्रिय गुरुङले खेलाडीहरुको खेलाडी र खेल क्षेत्रमा लागेको ब्याक्तित्वहरुको योगदानको आधारमा सम्मानका लागि अयोजना गरिएको अवार्डमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । आगामी दिनमा पनि सहयोग गर्दै जाने उनको प्रतिवद्धता थियो ।

गुरुङ दम्पतिले नेपाल भएका ठूला विपद भूकम्प, बाढी, पहिरो, नाकाबन्दी, कोरोनाका समयमा सहयोग गर्दै आएका छन् । असहाय, अनाथ र गरिब विद्यार्थीहरुको शिक्षा, स्वास्थ्य र पालनपोषणमा पनि गुरुङ दम्पतिले साथ दिदैं आएका छन् ।आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन ।

अन्य सहयोगी संघ संस्थाको सहयोग आउने क्रम जारी रहेको मञ्चका महासचिव परशुराम शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।