वर्ष उत्कृष्ट खेल पत्रकारिता अवार्ड दीनानाथ बराललाई प्रदान गरिने


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०८३ मा प्रकाशित




पोखरा, बैशाख २४

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्षको वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड यस वर्ष पत्रकार दीनानाथ बराललाई प्रदान गर्ने भएको छ । मञ्चले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड-२०८२ बराललाई प्रदान गर्ने जानकारी गराएको हो ।

वर्षभरीमा खेल सम्बन्धि गरेको रिपोर्टिङलाई आधार बनाएर बराललाई अवार्ड प्रदान गर्ने निर्णय भएको मञ्चका अध्यक्ष एमबी आस्थाले जानकारी दिए । विगत दुई दशक भन्दा अगाडिदेखि पत्रकारिता गर्दै आएका बराल मञ्च गण्डकीका पूर्व अध्यक्ष हुन् भने उनी रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक डटकममा कार्यरत छन् ।

पोखरा–२२ पुम्दीभुम्दीका स्थायी बासिन्दा उनले खेलकुद विटलाई मुख्य आधार बनाएर पत्रकारिता गर्दै आएका छन् । उनी दर्जनौं संघसंस्थाबाट सम्मानित र पुरस्कृत भइसकेका छन् ।

मञ्चले यहि बैशाख ३१ गते पोखरा–६ बुलौंदीस्थित पोखरा ईभेन्ट सेन्टरमा आयोजना हुने पोखरा स्पोर्टस अवार्ड-२०८२ आयोजना गर्दैछ । सोहि अवार्ड कार्यक्रममा बराललाई अवार्ड प्रदान गर्ने मञ्चका बरिष्ठ उपाध्यक्ष राजाराम पौडेलले जानकारी दिए । उन अनुसार यस वर्ष ९ बिधामा अवार्ड प्रदान गरिनेछ । अवार्डका लागि पाँच विधामा नोमिनेसन सार्वजनिक गरिसकिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।