नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा–१९ ले महेन्द्र मावि घार्मीलाई त्रिपाल हस्तान्तरण गरेको छ ।
विश्व रेडक्रस दिवसका अवसरमा शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी उपशाखाले ३ थान पाल हस्तान्तरण गरेको हो । कार्यक्रममा उपशाखाका सभापति रमेश विश्वकर्मा, रेडक्रस अभियन्ता श्यामसुन्दर आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछाने, निमित्त प्रधानाध्यापक नन्दराज दाहाल र निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेललाई सो सामाग्री हस्तान्तरण गरे । सभापति विश्वकर्माले रेडक्रस मानविय सेवाका क्षेत्रमा केन्द्रित रहेको बताउँदै, विद्यालयको आवश्यकता अनुसार सहयोग गरिएको बताए । व्यवस्थापन समितिका अध्यक्ष लामिछानेले रेडक्रसले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गर्दै, विद्यालयमा पनि जुनियर रेडक्रस सर्कल क्रियाशिल रहेको जानकारी गराए ।
कार्यक्रममा निमित्त प्रधानाध्यापक नन्दराज दाहाल, निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेल, अभियन्ता श्यामसुन्दर आचार्य, माधव गौतम,शिक्षक सरद सापकोटा लगायतले विद्यालयको मञ्च व्यवस्थापनमा सहयोग पुग्ने बताए । सो अवसरमा विद्यालय क्षेत्र वरपर सरसफाई पनि गरिएको उपशाखाले जनाएको छ ।मानव सेवामा सर्मपित रेडक्रसले त्यस वडाका बिभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा गण्डकी प्रदेशस्तरीय नेपाली वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ…






